pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011

Event Detail

Social Audit Report of Fiscal Year 2079-080 and Academic Year 2079 is presented in Parents and concerned people's meeting.

2023-10-13

10:00 AM

At school

यस विद्यालयको आव २०७९-८० तथा शैक्षिक वर्ष २०७९ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक तथा अभिभावक भेला शिक्षक अभिभावक संघका अध्यक्ष तथा सामाजिक परीक्षण समितिका संयोजक आदरणीय प्रा.डा. मेनुका केसीज्यूको अध्यक्षतामा मित २०८०।०६।२६ गते शुक्रबार सम्पन्न भयो । उक्त कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं १० का आदरणीय वडा अध्यक्ष तथा यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रविनमान व्यञ्जनकारज्यू प्रमुख अतिथि र ललितपुर महानगरपालिका वडा नं १ का आदरणीय वडा अध्यक्ष श्री निर्मल तण्डुकारज्यू विशेष अतिथिका रुपमा गरिमामय उपस्थिति थियो ।

कार्यक्रममा आव २०७९-८० तथा शैक्षिक वर्ष २०७९ मा सम्पन्न आर्थिक, शैक्षिक, तथा भौतिक गतिविधि र समुदायको सहभागिताका सम्बन्धमा प्रमाण स्वरुप तस्वीरहरु मार्फत प्रधानाध्यापक श्री सत्य नारायण महर्जनले प्रस्तुत गर्नु भयो  भने शिक्षा नियमावली व्यवस्था भए अनुसारको ढाँचामा तथ्याङ्कहरु प्राविधिक उपसमितिका सदस्य शिक्षक श्री विश्वराज शर्माले प्रस्तुत गर्नु भएको थियो ।

सामाजिक परीक्षण समितिका सचिव शिक्षक श्री किशोर सुवेदीले सञ्चालन गर्नुभएको उक्त भेलामा पूर्व विद्यार्थी श्री उमेश अमात्यज्यू, छात्रवृत्तिदाता श्री शुभद्रा प्रसाइ रिजालज्यू , बाल अधिकारकर्मी श्री नुपुर भट्टाचार्यज्यू र सल्लाहाकार समितिका सदस्य तथा भवन निर्माण समितिका अध्यक्ष आदरणीय पूर्व गभर्नर श्री दिपेन्द्र पुरुष ढकालज्यूले महत्वपूर्ण विचारहरु राख्नु भएको थियो ।

विद्यालयको इतिहाँस मै सामाजिक परीक्षणलाई महत्व दिएर यस प्रकारको बृहत कार्यक्रम भएको भन्दै सहभागी सरोकारवालाहरुले खुशी व्यक्त गर्नु भएको थियो ।

नोट: तस्वीरहरु ग्यालरीमा हेर्न सक्नु हुनेछ